अनवरत यात्रा ……

अनवरत यात्रा ………

सबै मानिसहरु आफ्नो जीवनमा उज्यालो , प्रकाश र ज्योति चहान्छन् | त्यही पनि प्राय मानिसहरु जीवनको उज्यालोपनलाई अन्धकारको कालो छायाँ मिसाई जिन्दगीलाई धुम्मल्याइदिन्छन | अन्धकारमा एकछिन बस्दा हामी कति निसासिन्छौँ | एकचोटी सोचौं सारा जिन्दगी अन्धकारमा बिताउनु पर्यो भन्यो हामी हाम्रो जिवनलाई कसरी किनारा लगाउछौं ?तर त्यस्ता केहि मानिसहरु पनि छन् जो अन्धकारमा जीवनको भावबंगीलाई सुम्सुमाउछन् र अन्तर्मनको उज्यालोले जिन्दगीलाई डोर्याउछन् | किशोर थिंग त्यस्तै  कम गन्तीमा पर्ने व्येक्ति हुन् |

सेतो छडीले आफुलाई डोहोर्याउँदै हरेक दिन बिहान सबेरै कलेज आइपुग्छन किशोर थिंग | भर्खरै २१ मा लागेका किशोर कृष्ण बहादुर थिंग र बुद्ध माया थिंगको जेठो पुत्र हुन् |रसुवा घर भएको किशोर आफ्नो जिन्दगीलाई कसरी परिभाषित कसरि गर्छन  त ? आफ्नो जिन्दगीको  आरोह अवरोहको गाथा सुजन श्रेष्ठलाई अन्तरवार्ताको क्रममा यसरी पोख्छन ….

१. तपाईको द्दृष्टिबिहिनता जन्मजात हो कि अरु कारणले गर्दा हो ?

मेरो आँखा पहिले देखिन्नै कम्जोर हो | तर म सानैदेखि दृष्टिबिहीन चाही थिइनँ | कक्षा ४ सम्म म अरु जस्तै सामान्य स्कूलमा पठनपाठन गर्थेँ | त्यसपछि बिस्तारै मेरो नेत्र कम्जोर हुँदै गयो र अन्तत मैले पूर्ण रुपमा ज्योति गुमाए |

२.  तपाईं दृष्टिबिहीन भएपछी कस्ता समस्याहरुको सामना गर्नुपर्यो ?

सुरुमा त निराश र हतोत्साही भएको थिए | तर म आफैले आफ्नो समस्या स्विकार गरें | र त्योसंग लड्नको लागि म तयार भएँ | हामी जस्तो अपांगता भएको व्येक्तिहरुलाई समाजले छुटै व्यवाहार गर्छन् जुन सारै  दुखद् कुरा हो | हामी जस्ता समस्या भएका व्येक्तिहरुलाई अरु सबलाङ्गले जसरी सजिलै  सामान्य काम गर्न अप्ठ्यारो पर्छ |  पढ्नलाई गाह्रो पर्ने , अरुसंग घुलमिल हुन पनि गाह्रो पर्ने | तर सबैभन्दा ठुलो चुनौती भनेको आफ्नै मानासिकता हो | जसले आफ्नो अपांगतालाई स्विकार्दैन र त्योसंग लड्न सक्दैन भने त्यो मानिसलाई जिन्दगीलाई अघि लान गाह्रो पर्छा जस्तो मलाई लाग्छ |

३. तपाईंले आफ्नो मानसिक्तालाई मजबुत पारेमा मात्र अपांगतासंग लड्न सकिन्छ भन्नुभयो | तपाईंले  आफ्नो अपांगतालाई चाहिँ कसरि लिनुहुन्छ त ?

अब जे हुनु थियो भैहाल्यो | त्येस्मा धेरै घोत्लिन जरुरि नै छैन | म त आफ्नो अपाङ्गतामा दुख प्रकट गर्दिनँ | मैले मेरो जीवनलाई कसरी सार्थक पार्ने भन्ने कुरामा म बढी ध्यान दिन्छु | मलाई मेरो समस्या त भगवानले अरुको अगाडी म पनि गर्न सक्छु भनेर देखाउनको निम्ति अवसर प्रदान गरेको जस्तो लाग्छ| म जस्ता दृष्टिबिहीनहरुले संसारमा सबैलाई चकित पारेको तथ्य त सबैको सामु त छंदै छ  नि | यो कुराले पनि मलाई प्रेरित गर्छ |

४. तपाइले सामान्य मान्छेले गर्न सक्ने कामहरु पनि सजिलैसंग गर्न सक्नुहुन्छ ,हैन त ?

हो, म अरु जस्तो सामान्य मान्छेले जस्तै धेरै काम गर्न सक्छु | उदाहारणको लागि मैले मोबाइल चलाउछु, इन्टरनेट मज्जाले नै चलाउछु, नित्यकर्महरु पनि आफैले गर्छु, सेतो छडीले म बाटोमा हिड्न सक्छु इत्यादि |

५. तपाईको रुचिहरु चाहिँ के के कुरामा छन् ?

मलाई गीत सुन्न र गाउन औधी मन पर्छ | म खाली समयमा गीत सुन्ने र गुनगुनाउने गर्छु | इन्टरनेट  फेसबुक चलाउन पनि मन पर्छ |

६. पढाई गर्दाको चुनौती र त्यसको सामना कसरी गर्दैहुनुहुन्छ ?

कक्षामा अपाङ्गता मैत्री पढाई नहुने कारणले गर्दा अप्ठयारो हुन्छ | हामीले सुनेको भरमा सबै कुरा सम्झिनु र बुझ्नु पर्छा | कति कुराहरु आँखाले नदेखिकिन नबुझिने हुन्छन | गणित , बिज्ञान जस्ता बिषयहरुमा अरुभन्दा पढ्न गाह्रो पर्छ | हाम्रा लागि भनेर फेरी किताबहरु पनि पाइदैनन्| जाँचमा अरुले लेख्दिनुपर्ने हुन्छ | जे जस्तो भएपनि मैले पढाइलाई निरन्तरता दिईराखेको छु र भविस्यमा पनि दिनेछु| एस. एल . सी मा पनि प्रथम श्रेणीमा उत्तीर्ण गरेको हुँ | ब्रेललिपीको कारणले पनि पढाइमा धेरै सहयोग मिलेको छ |

७. भावनात्मक रुपमा तपाईलाई दृष्टिबिहीनताले असर गर्यो कि गरेन ?

हामी जस्ता अपाङ्गता भएका व्येक्तिहरुलाई भावनात्मक रुपमा सबल हुन जरुरी हुन्छ | नत्र निराशा र बिक्षिप्ताले जिन्दगी तहस नहस हुन्छ | यो कुरा हामीमा मात्र भर पर्दैन | समाजले हामी प्रति गरने व्यवहारमा पनि भर पर्छ | उनीहरुको सहयोग र आत्मियताको अति नै जरुरी पर्छ | मेरो कुरा गर्दा मलाई खासै भावनात्मक रुपमा समस्या छैन किनभने मेरो अपांगतालाई मेरो परिवारले अपनाएको छ | उहाहरुको माया र सहयोगले आज म यहाँसम्म आइपुगेको हु | उहाहरुले मलाई जहिले पनि आशा र भरोसा दिनुभयो र छुट्टै किसिमको व्यवहारहरु कहिले पनि भएनन् |  

८. परिवारको माया र सदभावना त पाउनुभयो | त्येसैगरी समाज र राज्यबाट तपाईलाई कस्तो ब्येवाहार हुन्छ त ?

समाजबाट पनि मैले धेरै सहयोग र सदभावना पाएको छु | मेरो अपाङ्गतालाई सहयोग पनि धेरै संघ संस्थाहरुले गरेका छन् | अहिले हाल म नेत्रहीन महासंघ संस्थाको सहयोगमा छु | त्यहिपनि कहिलेकाहिँ केहि गर्न नपुगेको हो कि जस्तो लाग्छ | राज्यबाट चाहिँ सोचेजस्तो सहयोग पाइएको छैन | हामी जस्ता अपाङ्गहरुको हकहित अझै सरकारको प्राथमिकतामा परेको छैन जस्तो लाग्छ | यो कुरामा चाहिँ सरकारले ध्यान दिनुपर्छ |

९. अन्तमा हाम्रा पाठकहरुलाई तपाईको भविस्येको योजानाको बारेमा केहि बताइदिनुहोस् न ?

म भाविस्येमा म जस्तै अपाङ्ग भएका व्येक्तिहरुको निमिक्त सहयोग र उनीहरुको अधिकार र सुविधाको निमिक्त लड्न चाहन्छु | मलाई संगीतमा पनि रुची छ | र सायेद यस क्षेत्रमा पनि केहि गर्न चाहन्छु |

(यो अन्तरवारता करिव ३ बर्ष अघि लिइएको थियो | )

Sujan Shrestha

About this Author

Sujan is a recent Psychology Graduate and enthusiast psychology student. His interests lies in Research and Clinical Psychology. He is also a writer and blogger. He is also responsible for editing PNN’s website and blog as Chief- Editor

Sujan Shrestha – who has written posts on Psychbigyaan Network Nepal.


Leave a Reply

Your email address will not be published. Required fields are marked *